मङ्लबार, जेष्ठ १०, २०७९

हिन्दू राष्ट्र माग्दैमा सवै हुने नमाग्दैमा अतिबादी हुने भन्ने होइन : दिवाकर भण्डारी

  •  जब सम्म मान्छे अध्यात्मबादी हुन्छ तब सम्म हिन्दू धर्मको उचाई कम हुँदैन 
  • कुनै व्यक्ति विशेषले ल्याएको धर्मलाई सनातन धर्म मान्न सकिदैन
  •  जबसम्म अध्यात्मको ज्ञान हुँदैन, चिन्तन हुँदैन तब सम्म त्यसको जीवन सफल हुन सक्दैन
  • पशुपतिनाथ मन्दिरमा जानु भएको छ भने मुख्य द्वारमा बुद्धको मुर्ति छ

काठमाडौं श्रावण  १४,  

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कसरी जन्म्यो ?

 २०४६ सालदेखि अध्यात्म क्षेत्रमा ठाउँ ठाँउमा सप्ताह, सत्संगको जागरणको माध्यमबाट म सक्रिय थिए । एक पटक माईतीघरमा शिब पुराण लगाउने सिलसिलामा मलाई त्यहाँ लगियो । त्यहाँ १३ दिनसम्म शिब पुराण भने मैले । त्यही अवसरमा साथीहरुले भन्नुभयो हामी पनि एउटा धार्मिक संस्था खोल्नु पर्यो । लगभग नेपालभर विभिन्न धार्मिक एजेण्डा लिएर धार्मिक संस्थाहरु स्थापना भएका छन् । हामी पनि धार्मिक संस्था खोल्नु पर्यो गुरू भनेर मलाई साथीहरुले आग्रह गर्नुभयो । मलाई त्यतिखेर मात्रै होइन त्यस भन्दा पनि अगाडि पनि साथीहरुले धार्मिक संस्था खोल्ने कुरामा जोड दिनुभएको थियो ।

म आफै धार्मिक संस्था नखोल्ने मनस्थितिमा थिए । कारण हो धार्मिक संस्था खोल्दा खेरि फेरि एउटा बोझ थपिन्छ । बोझ कम गराउने मानसिक तनाब कम गराउनलाई हामी उपदेश दिँदै हिँड्ने ।  तर आफैले संस्था खोलेर बर्डन किन लिने भन्ने उद्देश्यका साथ यस्तो गरिएको थिएन । अध्यात्मको पाटो अलि फरक कुरा पनि हो । यो चाँही त्याग शान्ति, जति जति त्याग गर्न सक्यो, जति जति त्याग गर्न सक्यो त्यति त्यति शान्ति आभास हुन्छ भन्ने बेदाङ्ग सिद्धान्त पनि हो । शङ्कराचार्यको मतअनुसार आएको दर्शन हो । हामी लगभग सनातन धर्माबलम्बीहरुले शङ्कराचार्यलाई पछ्याउदै हामी यहाँ सम्म आइपुगेका छौ । नखोल्ने भन्दा भन्दै पनि साथीहरुको बलले यो संस्था खोलिएको हो । म पेशाले शिक्षक पनि हो मैले नभ्याए पनि तपाईहरुले साथ दिनुहुन्छ भने खोलौँन त भन्ने निष्कर्षमा पुगियो ।  त्यसबेला देखि २०६६  जेठ ९ गते माइनोटिङ गर्ने क्रममा दर्ता गर्ने प्रक्रिया सुरु भयो । त्यतिबेलाको कानुनी प्रक्रिया सबै पुरा गरि विधिबत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

  त्रिनेत्र नाम कसरी आयो त ?

शिब पुराणको अन्तिम दिन साङ्गेको दिन थियो । भगवान भोलेनाथको नामसँग जोडिएर राखाँै भनेर भगवान भोलेनाथको सहर्ष नाम त्रिनेत्र राखियो । अध्यात्मिक हिसाबले पनि त्रिनेत्र भनेको तेस्रो नेत्र हो । तेस्रो नेत्र भनेको ज्ञानरुपी तेस्रो नेत्र हो । तेस्रो नेत्र नखुले सम्म समाज परिवर्तन हुँदैन । समाज परिवर्तन गर्न सकिदैन । त्यसकारण दुईवटा आँखा बाहिर रहेको छ । जुन तेस्रो नेत्र हो जुन अदृश्य छ । त्यसलाई खुलाउन तर्फ लाग्नु पर्छ । त्यसलाई खोलाएको दिन हामी मोक्ष भनौ, मुक्ति भनौ, परम्पद भनौ यो तेस्रो नेत्र खुलेको दिनचाँही हामीले आनन्दको आभास गर्ने भएकाले यो संस्थाको नाम त्रिनेत्र भनेर जोडियो । यो अध्यात्मसँग विबेक बुद्धि सबै भगवानले हामीलाई दिएको हुन्छ । त्यति दिँदा दिदै पनि आफु को हुँ भनेर नचिन्दासम्म मान्छे अध्याँरोमा अथवा आँखा नदेख्नेहरुले हात्ती छामे जस्तो हुन्छ संसारमा । जबसम्म अध्यात्मको ज्ञान हुँदैन, चिन्तन हुँदैन तब सम्म त्यसको जीवन सफल हुन सक्दैन ।

के के नयाँ काम गर्नुभयो ?

मैले प्रष्टसँग भन्नुपर्छ, सुरुमा मान्छेहरुले अनेकथरी अर्थ लगाए । धर्म र अध्यात्म फरक कुरा हो । धर्म सम्प्रदायसँग गाँसिएको हुन्छ । अध्यात्म सम्पूर्ण विश्व ब्रह्माण्डलाई एउटैमा गोलबद्ध गरेर राख्छ । अध्यात्म भेग हुन्छ, धर्म निश्चित हुन्छ । त्यसकारण यो संस्था हिन्दूको मात्रै संस्था होइन । बुद्धिष्टको मात्र होइन, क्रिष्चियनको मात्र होइन । अर्थात् एउटा धर्म मान्ने व्यक्तिहरुको मात्रै संस्था होइन । यो विभिन्न धर्म मान्ने व्यक्तिहरु जो प्यूरिफाइड मान्छेहरु बसेको संस्था हो  । अहिले धर्मलाई टुक्रा टुक्रा गर्छौ त्यतिबेला झन् हिन्दू धर्मको नाश हुँदै जान्छ । मुखले हिन्दू नभन्दा सम्म अध्यात्ममा लाग्यो भने हिन्दू बाँची रहन सक्छ । बाहिर म हिन्दू हुँ भन्ने अनेक किसिमका सम्प्रदायसँग जोडेर जाँदा खेरि झन् हिन्दू धर्माबलम्बीहरु ‘डिमोरलाइज’ हुने हिन्दू धर्मको अस्तित्व गुम्दै जाने हुन्छ ।  जब सम्म मान्छे अध्यात्मबादी हुन्छ तब सम्म हिन्दू धर्मको उचाई कम हुँदैन ।

ओम हरि शरणम् किन राख्नुभयो ?

भागवतमा एउटा प्रशंग आउँछ । नारद ऋषीले चार जना कुमारहरुलाई कुनै धर्म सम्प्रदाय नअंगाल बरु तिमी ज्ञानी बन भन्नुभयो । त्यसपछि उहाँहरुले के पाउनु भयो भने अध्यात्ममा नटेकेर धर्म हुदैन भन्ने निष्कर्ष निकाल्नुभयो । त्यसपछि उहाँहरुले जुन दिन देखि ज्ञान पाउनु भयो ओम श्री हरिशरणम् भन्ने शब्द उहाँहरुको मुखबाट निस्कने भएकाले हामी पनि अध्यात्मबादीहरुले परिवर्तन आफुबाट गर्नुपर्छ, धर्मलाई पनि परिवर्तन अध्यात्मबादले गर्छ । परिवर्तन कहाँबाट सुरु गर्ने त भन्दा खेरि मानिसहरुले बोलीबाट सुरु गरौ भन्दै ओम श्री हरिशरणम राखेका हौं ।  म भगवान हरिको शरणमा पर्छु भन्ने र उसका अंहकारहरु सवै नष्ट भएपछि त उ सुद्ध हुन्छ नी त ।

अध्यात्म र धर्म दुई पाटामा कुन ठूलो हो ?

अध्यात्म र धर्म ठूलो सानो भन्दा पनि, धर्म साधन हो । अध्यात्म साधक हो । धर्ममा नटेकि अध्यात्ममा जान पनि सकिदैन । धर्म भर्याङ हो । तर अब कुन चाँही धर्ममा टेक्ने त ? उदाहरणकालागि बाउ बाजेले मान्दै आएको धर्म हामीले छोड्नु हुँदैन भन्ने सुनिन्छ । यदि बाबु वाजेले काटमार गर्ने धर्म लिएको रहिछ भने छोराले ग्रहण गर्ने की नगर्ने ? हाम्रो पूर्विय दर्शनमा धर्महरु किन यसरी हाँगा विंगा फैलाएर छरपस्ट भएका छन् त ? यस विषयमा कुनै निश्चित कुराहरु भेटिएको छैन । र, अन्तिममा क्यारेमबोर्डको स्ट्राइकर हान्दा आफु तिर फर्किए जस्तो ईश्वरलाई नचिनेसम्म तिम्रो धर्म कही पनि गएर लाग्दैन । धर्मको सुरु अध्यात्मबाटै हुन्छ । त्यो अध्यात्ममा पुग्न धर्ममा टेक्नैपर्ने हुन्छ । हो यसरी धर्म र अध्यात्म अन्यौन्याश्रित छ ।

हिन्दूलाई बढि महत्व हो ?

त्यसो पनि होइन, हिन्दू धर्मलाई छोड्ने होइन् यसको सम्बद्र्धन गर्दै अन्य सबै धर्म अटाउने थलो हो त्रिनेत्र । हिन्दू धर्मबाट म गएको थिए, कोही बुद्ध धर्म मान्ने, कोही मुस्लीम कोही इसाई धर्म मान्नेहरु थिए । त्यहाँ धर्मका कुरामा मत बाझियो तर अध्यात्मको कुरा गर्दा सबै एकै ठाँउमा आउथ्यौ । पशुपतिनाथ मन्दिरमा जानु भएको छ भने मुख्य द्वारमा बुद्धको मुर्ति छ । भनेपछि यहाँ शिब ठूलो छ की बुद्ध ठूलो भन्ने कुरै होइन । हिन्दूजम पनि अरु कसैकालागि यो एउटा पाटो हुन सक्छ । पूर्बिय दर्शन पढेर नै जिसस क्राइस्ट पनि यहाँ सम्म आएका हुन् । बुद्धले पूर्बिय दर्शन पढेरनै बुद्धत्व प्राप्त गरेका हुन् । सवैले आ आफ्नो काम गरेपनि सुरुवात पूर्बिय दर्शन पढेरनै त्यहाँसम्म पुगेका हुन् । सबै कुरा बेद हो । हिन्दू बेदबाट आयो, बुद्धको आविश्कार बेदबाटै भयो । मुस्लिम, क्रिश्चियन लगायतका अन्य धर्महरु त्यसैबाट भएका हुन् । आखिर सबैको सर्वोत्तम शास्त्र बेद नै हो । बेद भनेको हिन्दूको मात्रै शास्त्र होइन । हिन्दू धर्म नमान्नेले पनि बेद पढेको छ भने उसले आफ्नै तरिकाले रस स्वाद गरेको हुन्छ । धर्म भनेको जसले जे धारण गर्छ उसको त्यही हो । जस्तो धर्म छोड्नु हुदैन भनिन्छ नी बाघको धर्म मासु खानु हो । यदि बाघले आज म केही गर्दैन असन बजार घुम्न जान्छु भन्यो भने के बाघ बाँँच्छ त ? त्यसकारण आप्mनो धर्म जोगाउनु पर्छ । आफ्नो धर्ममा बस्नु पर्छ ।

खास शास्त्रले बताएको सनातन धर्म के हो त ?

कसैले कृपालु जी महाराजको कुरा सुन्दाखेरि राधे राधेनै सनातन हो जस्तो  सुनिन्छ । शिबजीको भक्तहरुका कुरा सुनियो भने सनातन त्यही हो भन्ने सुनिन्छ । जस्ले सनातन धर्म यो हो भन्नेहरुले शब्द एक पटक हेर्नै पर्ने हुन्छ । सनातन, सन भनेको शरिर, हाम्रो शरिर भित्र रहेको पर्मात्मा हिजो नी थियो आज नी छ र भोली नी रहन्छ । उसको अविछिन्न रुप छ । त्यो अविछिन्न रुपको धर्मलाई मान्दछ त्यो नै सनातन हो । कुनै व्यक्ति विशेषले ल्याएको धर्मलाई सनातन धर्म मान्न सकिदैन ।  हामी पूजा गर्नेहरुले भगवान भन्छौँ, शांख्य साकरेहरुले आत्म भन्छन् यता बेदाङ्गबादीहरुले ब्रह्म भन्छन् । आखिर तत्व बस्तु त त्यही रहिछ । हामी यहाँ के भ्रममा रहनु भएन भने, धर्म र अध्यात्म एक अर्कामा इन्टर रिलेटेड छन । कुन चाँही ठूलो सानोको कुरै छैन । आज यस विषयमा ब्याख्या गर्दै गयो भने टुंगिने ठाँउ छैन । यसको अन्तत्वगत्वा कहाँ छ त ? कहिँ पनि छैन ।  तर अध्यात्मबादीहरु र धर्मका अनुयायीहरुले के भन्छन् भने शिबजीको फोटो देखेपछि  दर्शन गर्छन् अथवा रामलाई दर्शन गर्छन्, कृष्णको, दुर्गाको अन्य देवि देवताको दर्शन गर्नुस भनेर एउटालाई मात्रै मान्छन् भने अध्यात्मबादीहरुले पहिला आफु भित्र रहेको भगवानलाई हेर्छन् । अनि मात्र त्यो दर्शन अन्य देवि देवतालाई लाग्छ । हामी जानेर वा नजानेर अध्यात्मबादीनै हुन्छौं । हामी भगवानको मन्दिरमा गएर शिर निहुर्याएर दर्शन गर्छौ । त्यतिबेला चिउँडोले त्यहाँ भएको परमात्मा यहाँ छ भनेर आफ्नो आत्मा तिर देखाइरहेको हुन्छ । पहिला तैँले यसलाई चिन् । अनि आँखा किन चिम्लेको त खास उसले चाहेर पनि नचाहेर पनि भगवान त आफु भित्रै रहेछन् नी । त्यसलाई पूजा गरि सकेर त्यसको प्रतिबिम्बलाई पूजा गरेको हो । त्यसैले अहिलेसम्म कहाँ पूजा गर्ने भनेर शास्त्रमा लेखिएको छैन त ।

हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आवाज चर्की रहेको छ, अहिले धर्म निरपेक्ष मुलुक घोषणा भएको छ, के भन्नुहुन्छ ? 

हामीले ढाँटन हुँदैन, हामी भित्र हिन्दूजम बोलिरहेको अवस्था हो । हिन्दू राष्ट्र हुनुपर्छ भन्ने कुरामा दुई मत नै छैन ।  तर भागवत गिताका अनुसार कृष्णले अर्जुनलाई बताउदाँ धर्म निरपेक्ष हुनुपर्छ भनेका थिए । धर्मचाँही निरपेक्षनै हुनु पर्छ । यहाँ स्वार्थको खेती गरिरहेका छन् । यहाँ हिन्दू धर्म हुनु पर्छ भनेर दलहरुले खेती गरेको बुझ्छु मैले । अध्यात्मको हिसाबले जबसम्म निरपेक्ष भइदैन तब सम्म मुक्ति हुँदैन । यहाँ हिन्दू राष्ट्र माग्दैमा सवै हुने नमाग्दैमा अतिबादी हुने भन्ने होइन ।

त्रिनेत्रले के–के गरिहेको छ अहिले ?

त्रिनेत्रले पशुपतिको बरुणेश्वर प्रांगणमा हामीले शिब पुराण आयोजना गर्यौँ । आयोजना गरिसकेपछि सबै साथीहरुले के भन्नुभयो भने जहिले पनि सामान्य उद्देश्य लिनुपर्छ । सामान्य उद्देश्य भेग हुन्छ बिशेष उद्देश्य टिपिकल हुन्छ । मान्छेहरुले विशेष उद्देश्य खोज्दा रहेछन् । सामान्य उद्देश्यमा पुग्नलाई धेरै समय लाग्ने भयो । बत्ती र करेन्टको उदारण दिदाँ बत्ति विशेष उद्देश्य हो तारमा रहेको करेन्ट सामान्य उद्देश्य हो ।  हेर्दा खेरि बत्तीले गर्दा थाहाँ हुन्छ की त्यहाँ करेन्ट आको रहेछ भनेर । हामीले आजीवन सदस्यहरुबाट एक हजार ११ हजार रुपैँया कलेक्सन गरेका छौँ । त्यतीबेलै कार्यसमितिको बैठक बसेर बृन्दाबनको फण्डमा राखाँै । जुन दिन हामीले बृन्दाबन बनाउन कुटो र कोदालो सुरु हुन्छ । त्यो दिन बैठक बसेर यो पैसालाई खर्च गर्ने भन्ने हिसाबले त्रिनेत्रले लिएको विशेष उद्देश्य हो । नौलो अध्यात्म बिधि हाम्रो मिसन हो । हामी अन्तत्वगत्वा जाने ठाँउ भनेको यही ठाँउ हो । चाहे बृन्दाबन धाम बनाउँ, चाहे मन्दिर बनाँउ, चाहे रंगशाला बनाउ, चाहे क्रिकेट मैदाननै किन नबनाउँ । हामी पुग्ने ठाँउ अध्यात्म ज्ञानकै लागि हो । के के गर्ने त भन्दा खेरी सत्सँग गर्ने , आत्म शुद्धि गर्ने, आत्मज्ञानको खोजी गर्ने भनेर बृन्दाबनको कन्सेप्ट आएको हो । अध्यात्मबादीहरुको एउटा स्कुलिङ त हुनु पर्यो । भोली जमघट हुने ठाँउ त चाहियो नी । लाखौँ मान्छेहरु त्रिनेत्रसँग जोडिएर रहनु होला कहाँ बस्ने कमसेकम सबैलाई बस्ने यो ठाँउ भनेर त हुनु पर्यो त । यो ठाँउ कस्तो भने अध्यात्मसँग सम्बन्धीत हुने ठाँउ रहोस् । सिचुएसनलाई क्रिएट गर्ने ठाउँ पनि बृन्दाबन धाम हो । बृन्दा बननै किन त ? यो भनेको पर्यटन प्रबद्र्धनकालागि पनि हो । हामीले भारतको बृन्दाबन नेपालमा ल्याएर राख्ने भन्या पनि छैनौँ । संकेतको रुपमा मात्रै बृन्दाबन बनाउन लागेको हो ।

त्यसको तयारी कहाँ पुग्यो ?

खास अब कहिलेसम्म भन्दा पनि हाम्रो आजीवन सदस्यहरु २६ सय जति पुग्नु भएको छ । हामीले साधारण सभा आउँदो श्रीकृष्ण जन्माष्टमीका दिन गर्दैछाँै । बृन्दाबन बनाउनकालागि हामीलाई धेरैठाँउबाट आग्रह गर्दै आएका छन् । जस्तै नवलपरासीको दाउन्ने देबी, नवलपरासीकै  बालमिकी आश्रम, गुल्मीको रेसुंगा, धनकुटाको बुधबारे क्षेत्र, काठमाडौंकै नारायणस्थान, भक्तपुरको डोलेश्वरबाट पनि कुरा आएको छ । पूर्वाधार बृन्दाबनकालागि के के हो त ? लगभग हामीले तयार पारेका छाँै । त्यसकालागि जहाँ पायो त्यही हात हालेर त भएन । पोहोर साउन महिनामा डोलेश्वर भगवानको मन्दिरमा मैले शिबपुराण भन्ने मौका पाए । भनिसकेपछि सांगेको दिन त्यहाँ के कुरा उठ्यो । त्रिनेत्रले परिकल्पना गरेको बृन्दाबन भक्तपुरमा रहेको अनन्त लिङ्गेश्वर जुन पशुपतिनाथ पछि स्थापना भएको हो । यो बृन्दाबन बनाउन सरकारले नै सहयोग गर्नुपर्छ । अहिले विभिन्न ठाँउमा भएका कुराहरु पनि यस्तै हुन् । व्यक्तिहरुले प्रपोजल बनाउनु भयो कार्यान्व्यन गर्ने भनेको त सरकारले नै हो । यो त्रिनेत्रले लिएको बृन्दाबन बनाउने एजेण्डा पनि सरकारले लिनुपर्छ । अनन्त लिंगेश्वरमा गएर हेर्दा खेरि लगभग २ हजार रोपनीको परिसर रहिछ । त्यसकालागि हामीले सबैसँग लविङ सुरुवात भएको छ । harekpal.com 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु