मङ्लबार, अशोज १६, २०८०

स्थानीय निकायलाई सेवा मैत्री बनाउँन निर्वाचन अपरिहार्य :उपप्रधानमन्त्री सिंह

काठमाडौं आषाढ ३१, उपप्रधानमन्त्री प्रकाशमान सिंहले पाँचखाल नगरपालिकाको प्रथम नगरपरिषद्को उदघाटन सत्रमा बोल्दै जनप्रतिनिधि नभएका कारणले विकास निर्माणको काम स्थानीय निकायमा ठप्प भएको र स्थानीय निकायलाई क्रियाशील एवम सेवा मैत्री बनाउँन अन्तरिम कालका लागि भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले एकातर्फ जनप्रतिनिधि विहिन अर्को तर्फ स्थानीय निकायमा मौलाउँदै गएको भ्रष्टाचार जन्य विकृतिलाइ रोक्न पनि स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थिती टड्कारो भएको भन्दै सरकारले थप गरेका नयाँ नगरपालिकाको भौतिक पूर्वाधारका लागि बजेटबाट सम्बोधन गर्न प्रयास गरेको बताउनु भएको छ।

नगरपरिषद्को उदघाटन सत्रमा सभासदद्वय विदुर सापकोटा र कञ्चनचन्द्र वादे श्रेष्ठ लगायतले पनि स्थानीय निकयको निर्वाचनको विकल्प नभएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गदै परिषद्ले नगरपालिकाको लागि कुल रु चार करोड ६४ लाख ५२ हजार बराबरको आय तथा व्यय स्वीकृत गरेको जनाइएको छ । तस्विर :युपी लामीछाने

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु