आइतवार, जेष्ठ १४, २०८०

समृद्ध नेपाल निर्माणका लागि बिपीको विचार महत्वपूर्ण दस्तावेज :पूर्व प्रधानमन्त्री देउवा

काठमाडौँ श्रावण १२, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिद्वारा बिपी कोइरालाको शतवार्षिकीका अवसरमा राजधानीमा आयोजित समृद्ध नेपालका लागि बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद सम्भावना र चुनौती’ विषयको अन्तक्र्रिया कायक्रमलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले त्यस वेलमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विपी, गणेशमानजी लगायतका नेताहरुले गर्नु भएको योगदानको प्रतिफल स्वरुप आज मुलुकमा लोकतन्त्रको जगबलियो बन्दै पूर्न स्थापित भएको बताउँनु भएको छ ।  त्यस्तै वरिष्ठ नेता देउवाले समृद्ध नेपाल निर्माणका लागि बिपीको विचार आफैमा एक महत्वपूर्ण दस्तावेज भएको जिकिर गर्दै उक्त दस्तावेजलाई अत्मासात गर्नु पर्ने बताउँनु भएको छ ।

अन्र्तक्रिया कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यत्रय अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा प्रकाशशरण महत लगायतले बिपीले परिकल्पना गरेको समृद्ध नेपालका लागि प्रजातान्त्रिक समाजवादको चिन्तनलाई उपयोग गर्नुपर्नेमा जोड दिनु एको थियो भने विद्यार्थी नेता किशोरसिंह राठौर, युवा नेता गोविन्द भट्टराई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वर्तमान समयमा पनि महत्वपूर्ण रहेको भन्दै युवा जोश र जाँगरलाइ समृद्ध नेपाल निर्माणको अभियानमा लगाउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सभासद् एवम् नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण तथा नेताहरु दीपक भट्टराई, दीपा शिवाकोटीलगायतले बिपीको आर्दश लाई सम्मान गदै सोहि अनुरुप अगाडि बढ्नु पर्ने मा जेड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु