शनिबार, अशोज १३, २०८०

समाचारपत्र दैनिकका सहसम्पादक अधिकारी पक्राउ

काठमाडौं श्रावण ११ ,उद्योगपति पशुपति मुरारकालाई विद्युतिय सञ्चार माध्यमबाट धम्कि दिएको अभियोगमा नेपाल समाचारपत्र दैनिकका सहसम्पादक एवम्  नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधी लेखनाथ अधिकारीलाई  आईतबार प्रहरीले पक्राउ गरेको छ । नेपाल समाचारपत्र दैनिकमा कार्यरत अधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका पत्रकार अधिकारीलाई थप अनुसन्धानकालागी महानगरीय प्रहरी परिसर हनुमानढोकाको जिम्मा लगाइएको छ । अधिकारीको अवस्थाका बारेमा जानकारी लिन नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट हनुमानढोका पुगेका प्रहरी स्रोतले जनाएको छ  ।

प्रहरी उच्च स्रोतका अनुसार  पत्रकार अधिकारीको  ईलेक्टेनिक समाग्री प्रयोग गरेर उद्योगी मुरारकालाई धम्कि दिएकाले उनलाई पक्राउ गरिएको हो । सोमबार महानगरिय प्रहरी परिसर हनुमानढोकाले पत्रकार सम्मेलनको आयोजना गरेर घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ ।