काठमाडौं श्रावण १५, आर.बी.के ‘शरद’को निर्देशन एवम् जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतको मुख्य भूमिका रहेके चलचित्र ‘शीशा’ साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रस्तुत चलचित्रमा लक्की सिटौला र मनोज 
सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य, रामकुमार केसी र कुमार वखतीको छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।


चलचित्र ‘शीशा’ को प्रर्दशन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक जीवन लुइटेलले ‘शीशा’ चम्किलो रहेको बताए । उनले चलचित्रको गीत, कथा, थ्रिलर र एक्सनका कारणले पनि यो सिनेमा विशेष बनेको बताए । त्यस्तै चलचित्र निर्देशक ‘शरद’ले चलचित्र बनाउँदा जति दुख पाएपनि राम्रो बनेकाले सन्तुष्ट रहेको बताए ।
यसैविच, कार्यक्रममा चलचित्र ‘रामलीला’को पनि घोषणा गरियो । आर।वी।के शरदकै निर्देशनमा बन्न लागेको यो सिनेमाका लागि नायक जीवन लुइटेल र कलाकार बर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । कार्यक्रममा नायक जीवन लुइटेलले नायिका सिवाकोटीलाई पत्रकारहरु बसेको स्थानबाट खोजेर ल्याएका थिए । चलचित्रमा लीलाको भूमिका निर्वाहा गर्न लागेकी नायिका सिवाकोटीले कथावस्तु मन परेर काम गर्न लागेको बताइन् । चलचित्रको छायांकन चाडै नै सुरु त्यस अवसरमा जनकारी दिइएको थियो । oh.entertaitment@gmail.com