शनिबार, जेष्ठ २७, २०८०

विद्यालय स्रोत व्यक्तिहरुद्दारा मन्त्रालयमा धर्ना, मन्त्री यादव विरुद्ध नारावाजी

  काठमाडौँ श्रावण ८, विद्यालय स्रोत व्यक्तिहरुलाई सेवाबाटै हटाउने अभिप्रायले शिक्षा मन्त्री चित्रलेखा यादवले गरेको निर्णयको उनीहरुले शिक्षा मन्त्रीकै कार्यकक्षमा पुगेर  dharna विरोध जनाएका छन् । कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आएका विद्यालय स्रोत व्यक्तिहरुको कुरा पनि नसुनी मन्त्री यादव कार्यकक्षबाट बाहिरिएपछि उनीहरुले करोडौं रुपैयाँ खर्चिएर तयार गरेका स्रोत व्यक्तिहरुलाई सेवाबाट विस्थापन गर्ने योजनावद्ध षडयन्त्र भएको भन्दै मन्त्रालयमा एक घण्टा धर्ना दिएका छन्।

धर्नाकारीहरुले बाहिर निस्कदै गरेकी मन्त्री यादवलाई हातैमा ज्ञापन पत्र भने थमाए पनि कुनै प्रतिक्रिया समेत नदिइ मन्त्री यादव मन्त्रालयबाट वाहिरिएको थियो । यसैवीच स्रोत व्यक्ति समाजका अध्यक्ष नरेन्द्र भट्टराईले मन्त्रीलाई ज्ञापन पत्र दिने पूर्वघोषित कार्यक्रम भएपनि मन्त्रीले आफूहरुको विषयमा ध्यान नदिदा सिंहदरवार भित्रको निषेधित क्षेत्रमै धर्ना दिनुपरेको बताउँदै सिंहदरवारको निषेधित क्षेत्रमा स्रोत व्यक्तिहरु धर्नामा बसेपछि व्यापक प्रहरी परिचालन गरिएको थियो। प्रहरीले स्रोत व्यक्तिहरुलाई तीन पटक घरपकडको प्रयास समेत भएको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु