काठमाडौं आषाढ ३० राजधानीमा सम्पन्न ‘क्लासिक लिटिल मिस नेपाल–२०१४’ को उपाधि अर्ची जोशीले जितेकी छन् । सो प्रतियोगितामा फस्र्ट रनर अपको उपाधि
मुस्कान वैद्यले र सेकेन्ड रनर अपको उपाधि समी मालीले प्राप्त गरेका छन् । त्यसैगरी ‘लिटिल मास्टर नेपाल–२०१४’ को उपाधि कुशल मोक्तानले जितेका छन् । सो प्रतियोगितामा फस्र्ट रनर अप मन्जिल श्रेष्ठ भए । सेकेन्ड रनर अपको उपाधि प्रनिश न्यौपानेले जितेका छन् ।
बाल–बालिकाको वृति विकास र प्रतिभा प्रदर्शनको प्रमुख उद्देश्य बोकेको क्लासिक लिटिल मिस एन्ड मास्टर नेपाल–२०१४ आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिएका थिए । राजधानीको प्रज्���ा भवनमा सम्पन्न सो कार्यक्रममा ४० जना बालबालिका सहभागी थिए । बालबालिकाभित्रको प्रतिभा प्रदर्शन गर्न सो प्रतियोगिता गरिएको आयोजक संस्था क्लासिक इभेन्ट म्यानेजमेन्टका सीईओ स्वजन रघुवंशीले जानकारी दिनु भएको छ ।