शुक्रबार, चैत्र १७, २०७९

रु पाँच करोड दुरुपयोग हुन्न् : सभासदहरु

काठमाडौँ आषाढ २७, चौतर्फी विरोधका वावजुद पनि नेपाली काँग्रेस र नेकपा एमाले आवद्ध ३२ जना सभासद्ले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै र्विाचन क्षेत्र paisaविकासका लागि पाँच करोड विनियोजन गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शङ्कर भण्डारीले आफुहरुले माग गरेको उक्त रकम दुरुपयोग हुन्छ भन्ने जुन आश्रका जनमानसमा छ त्यो विल्कुल निरधार सहितको तर्क भएको बताउँदै उक्त रकम जिविसमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत पारदर्शीरुपमा खर्च गर्न सकिने तर्क दिनुभएको छ।

त्यस्तै मीनबहादुर विश्वकर्मा, विदुर सापकोटा, रामहरि खतिवडा, डा गणेशकुमार मण्डल, रामवीर मानन्धर, दीपक कार्की, तप्तबहादुर विष्ट, तेजुलाल चौधरी, अमृत अर्याल, अनन्तप्रसाद पौडेल, केशवकुमार बुढाथोकीलगायतले भण्डारीको भनाइलाई समर्थन गर्दै क्षेत्र विकास कार्यक्रमका लागि रकम विनियोजन हुनुपर्ने जिकिर गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु