बुधबार, अशोज १७, २०८०

यस्तो छ सञ्चारमन्त्री डा.रिजालको स्पष्टोक्ति

काठमाडैं आाषाढ १७,  सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले साप्ताहिक खबर पत्रिका ‘नेपाल’को यही असार १५ गतेको अङ्कमा आफ्नाबारेमा प्रकाशित समाचार लेखप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।  सो पत्रिकाको “दुई सय मन्त्रीको सम्पत्ति : mantri-finalaअस्वाभाविक, अधुरो र अपत्यारिलो विवरण” शीर्षकको लेखमा भनिएअनुसार आफ्नो नाममा विभिन्न संस्थामा रहेको सेयर र बैंकमा रहेको अमेरिकी डलर खातामा रहेको रकम आफ्नो आम्दानीअनुसार स्वाभाविक भएको मन्त्री रिजालले स्पष्ट पार्नुभएको छ ।  आफ्नाबारेमा प्रकाशित लेखका बारेमा स्पष्ट पार्न आज  पत्रकार सम्मेलनको आयोजना गर्दै  मन्त्री डा रिजालले भन्नुभयो, “सो कुरा पुष्टि गर्न गर्न म र मेरो परिवारको विगत तीन वर्षको आम्दानीको सबै होइन केही अंशबारे उल्लेख गर्दा यथेष्ट हुनेछ ।

मन्त्री डा रिजालले आफ्नो र श्रीमती दुर्गा रिजाललाई एपेक्स कलेजमा रहेको केही सेयर बिक्री र लाभांशबापत कर कट्टीपछि खुद आम्दानी रु एक करोड १५ लाख ८१ हजार ३५० र छोराको आम्दानीबाट सेयर खरिद गरिएको बताउनुभयो । “हाम्रो छोरा पर्जन्य रिजाल इन्जिनियरिङ अध्ययन पूरा गरी पाँच वर्षदेखि संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा जागिरमा छन्, निजको यस अवधिको वार्षिक औसत आय ६० हजार अमेरिकी डलर छ” मन्त्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्री डा रिजालले आफ्नो नाममा नबिल बैंकमा करिब दश वर्षदेखि रहेको अमेरिकी डलर खातामा त्यस बेला एक हजार ३८३ रहेकामा दिदी गीता धितालबाट विभिन्न समयमा प्राप्त रकम र ट्राभलर्स चेक एक हजार आठ सय डलर गरी अहिले ४७ हजार अमेरिकी डलर रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले उक्त पत्रिकामा उल्लेख नभएको तर श्रीमती रिजालका नाममा २०६६ जेठ १२ गते खरिद गरेको चैतन्य प्रोपटिज प्रालिमा अघिल्लो पटक मन्त्री हुँदा र अहिले पनि रु १२ लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको जानकारी गराउनुभएको छ । “विवरणबारे परोक्ष रुपले आशङ्का व्यक्त गर्ने सामाग्री प्रकाशन गर्नुअघि आफूसँग जानकारी मागिएको भए सो लेख पूर्ण र सन्तुलित हुने थियो” मन्त्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो सम्पत्तिको विवरण नियमित र पारदर्शी रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पत्ति विवरणमा उल्लेख गरिएको बताउँदै मन्त्री डा रिजालले जनताको सूचनाको अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहो-याउँदै पत्रकारितालाई अझ विश्वसनीय र मर्यादित बनाउन सबैलाई आफ्नो कर्तव्यप्रति सचेत हुन अनुरोध गर्नुभएको छ । r

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु