शुक्रबार, फाल्गुन १८, २०८०

माधवकुमार नेपालले दिए नव-निर्वाचित अध्यक्ष ओलीलाई शुभकामना(विज्ञप्ति सहित)

माधव नेपाल

 अध्यक्षमा निर्वाचित  के,पी.शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै नेता नेपालले भने नेकपा एमाले पार्टी जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु । 

काठमाडौं आषाढ ३१, नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएपछि अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । ओली निर्वाचित भएलगत्तै नेपालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै शुभकामना दिएको हो ।  विज्ञप्तिमा नेता नेपालले कार्यकर्ताको मतको उच्च सम्मान गर्दछु भन्दै पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु-स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ,उनले विज्ञप्तीमा भनेका छन्, उक्त मान्यता प्रति म दृढ छु र रहिरहने प्रतिवद्धत व्यक्त गर्नु भएको छ ।

हार्दिक बधाई तथा शुभकामना 

नेकपा एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । जनताको बहुदलिय जनवादको भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।

नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु । महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के,पी.शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा एमाले

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु