मङ्लबार, अशोज १६, २०८०

महानगरपालिकाको सुन्दरता कायम गर्न विपक्षीका नाममा सर्वोच्चको परामदेश

काठमाडौँ श्रावण १४, सर्वोच्च अदालतले काठमाडौ महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामाग्रीहरु हटाउन विपक्षीका नाममा अग्राधिकार सहित परामदेश जारी गरेको छ ।

supreme-court-nepalअधिबक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा गत श्रवण ७ गते काठमाडौँ महानगरपालिका, वातावरण तथा व्यवस्थापन विभाग, विज्ञान तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाउँदै दायर गर्नु भएको रिटमा सुनवाइ गर्दै मा न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल इजलासले काठमाडौ महानगरपालिका सहित विभिन्न ८ वटा निकायलाई काठमाडौ शहरलाई सुन्दर बनाउने परिकल्पना अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

निवेदनमा महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामग्रीहरु र आकाशे पुलको पर्खालमा रहेका चलचित्र र अन्य विज्ञापन सामग्री हटाउन माग गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु