शनिबार, अशोज ६, २०८०

मन्त्रिपरिषद्को बैठक: इराकमा फसेका नेपालीको उद्धारमा लाग्ने खर्च सरकारले ब्यहोर्ने

काठमाडौँ आषाढ २०, मन्त्रिपरिषद्को आज बसेको बैठकले इराकको द्धन्दमा परेको नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने नितिगत निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले यस्तो निणय गेरेको हो ।

singhadurbarत्यस्तै कार्यवाहक प्रम वामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकको निर्णय जानकारी दिदै सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले प्रस्तुत विषयमा कार्य सम्पादन का लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकिएको जानकारी दिनु भएको छ ।

त्यसैगरी सरकारले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार÷पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ भने दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट रु ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट रु छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता डा रिजालले बताउनुभएको छ ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय पनि गरेको प्रवक्ता डा मीनेन्द्र रिजालले बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु