काठमाडौँ श्रावण १५, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक गोपालप्रसाद भण्डारीलाई महानगरीय प्रहरी र त्रिभुवन बिमानस्थलको प्रमुख रहँदा घुस लिएको आरोपमा आजैकै मितिबाट निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र लेख्दै निलम्बनको
निर्देशन दिएको छ।
भण्डारीले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहँदा पदीय दुरूपयोग गरी सेवाग्राहीबाट ठूलो परिणममा जिन्सी तथा नगद नजरान दिएको बुझिएको छ । प्रहरी नायब महानिरीक्षक भण्डारीको प्रस्तुत हर्कत विरुद्ध आयोगमा परेको उजुरी उपर जारी अनुसन्धानका क्रममा आरोप पुष्टी भएकोले निलम्बनको निर्देशन दिएको अख्तियारले जनाएको छ ।
यसरी आरेप पुष्टी भएको अवस्थमा निज पदमाबहाल रहिरहँदा आफूविरुद्धको प्रमाण लोप गर्न सक्ने र अनुसन्धानमा नकारात्मक असर पार्न सक्ने देखिएकाले आयोग ऐन, २०४८ को दफा १९९३० बमोजिम निलम्बन गर्न लेखी पठाएको आयोगले जनाएको छ ।14