मङ्लबार, जेष्ठ २३, २०८०

भारतसँग ऊर्जा व्यापार गर्न मुलुकका प्रमुख तीन दल सहमत, सम्झौताको प्रारुप तयार गर्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ श्रावण १३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही श्रावण १८ गतेदेखि हुने नेपालको राजकीय भ्रमणमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर imagesगर्ने विषयमा मुलुकका प्रमुख तीन दल सहमत भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सङगै भारतसँगको ऊर्जा व्यापार सम्झौताको प्रारूप तयार पार्नका लागि क्रमस काँग्रेसका तर्फबाट अर्थमन्त्री डा रामशरण महत, एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहने गरि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलले दुई देशको हित हुने गरी सम्झौताको प्रारूप तयर गर्ने कायादेश दिइएको छ । आजको बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष पोष्टबहादुर बोगटीलगायतको सहभागिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु