बिहिबार, मंसिर १४, २०८०
Dashain

भारतमा स्कुल बस र रेल ठोक्किंदा १९ को मृत्यु

काठमाडौं श्रावण ८, भारतको हैदराबादबाट ५० किलोमिटरको दुरीमा रहेको तेलंगना प्रदेशमा रेलले बसलाई ठक्कर दिदा १८ स्कुले बालबालिका सहित  १९ जनाको मृत्यु  भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार आज बिहान मेडक जिल्लाको चेगुंटा भन्ने स्थानमा बिद्यार्थी बोकेर स्कुल गइरहेको बसलाई रेलले ठक्कर दिदा प्रस्तुत दुर्घटना भएको र दुर्घटनामा बस चालक सहित १८ जना स्कुले बालबालिकाहरुको ज्यान गएको बुझिएको छ   ।

रेलवे क्रसिङमा चालकले रेललाई नदेख्दा यो भयानक दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छन । काकतिया स्कुलका ३३ बिद्यार्थी बोकेर गइरहेको बस मसाइपेत गाउँमा दुर्घनाग्रस्त भएको हो । रेलले ठक्कर दिएपछि बस पल्टिएको थियो । रेलमा भने कुनै क्षति नभएको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु