शुक्रबार, मंसिर १५, २०८०
Dashain

बजेट नसच्याए प्रतिरोध गर्ने एमाओवादीको सहितका प्रतिपक्षीदलको चेतावनी

काठमाडौँ अषाढ ३२,  एमाओवादी सहितका प्रमुख प्रतिपक्षी राजनीतिक दलले शान्ति प्रक्रियाका अधुरा काम पूरा गर्ने तथा द्वन्द्वका घाइते तथा अपाङ्गलाई बजेटले सम्बोधन नगरे त्यसको विरोध र बहिष्कार मात्र होइन प्रतिरोध समेत गर्ने चेतावनी दिएका छन् ।

budget_20140619095111व्यस्थापिका–संसदको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आव २०७१/७२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सभासद्ले बजेटले गरिब तथा निमुखा जनताको जनजीविकाको सुनिश्चितता गर्न नसकेको र क्षेत्रीय सन्तुलन पनि कायम नभएको टिप्पणी गदै यस्तो चेतावनी दिएको हो ।

यसरी विपक्षिदलका सभासदहरुले चेतावनी दिदै गर्दा सत्ता पक्षका सभासद्ले भने तीन वर्षभित्र विद्युत्भार कटौती अन्त्य, कृषि क्षेत्रको विविधीकरण र व्यवसायीकरण, विकासका क्षेत्रमा निजी क्षेत्रलाई सँगसँगै लैजाने प्रतिबद्धता, सीमित साधन स्रोतको समुचित उपयोगमा बजेटले जोड दिएकाले धेरै सुधारोन्मुख मान्नुपर्ने तर्क प्रस्तुत गरेका थिए ।

आजको बैठकमा सभासद्हरू क्रमस अर्जुननरसिंह केसी, अतहर कमाल मुसलमान, टोपबहादुर रायमाझी, सुशीलकुमार श्रेष्ठ, योगेन्द्र चौधारी, सिद्धिलाल सिंह, जनार्दन शर्मा, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुङ्गाना रेवतीरमण भण्डारी, रामेश्वरप्रसाद ढुङ्गेल, नागेन्द्रप्रसाद थारु, भक्तबहादुर खपाङ्गी, कृष्णकुमार राई, कर्णबहादुर विक, अफीलाल ओखेडा, नवीन्द्रराज जोशी, लीला मगर, राजाराम स्याङ्तान, प्रकाशशरण महतलगायतले बजेटमाथि टिप्पणी गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु