बिहिबार, अशोज ४, २०८०

प्रधानमन्त्री कोइराला रेडिएसन थेरापी पछि स्वास्थ्यलाभ गर्दै

 काठमाडौं आषाढ १९, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ priminiisterसेन्टरमा चिकित्सकको परामर्शबमोजिम उहाँको रेडिएसन थेरापी विधिबाट उपचार सुरु गरिएको छ । बुधबारदेखि सुरु भएको रेडिएसन थेरापी प्रविधीको आज  दोस्रो उपचार सहज रुपमा गरिएको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा क्रोनिक ब्रोंकाइटिसका कारण फोक्सोको शल्यक्रिया गर्न नसकिने भएकाले चिकित्सकको परामर्शबमोजिम प्रम कोइरालाको रेडिएसन थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।   डा आन्देस रिमरको टोलीको निगरानीमा हुँदै गरेको थेरापी उपचार आगामी आइतबार सकिने उल्लेख गर्दै थेरापी उपचार पछि प्रधानमन्त्री कोइरालामा आत्मविश्वास बढेको तथा स्वास्थ्यलाभको कामना गर्दै भेट्ने र सम्पर्क गर्नेहरूलाई “म जिन्दगीभर मृत्युसँग सङ्घर्ष गरेको मान्छे हुँ, मलाई मेरो स्वास्थ्यको होइन देशको स्वास्थ्यकै चिन्ता छ, तपाइँहरू चिन्ता नगर्नुस् मलाई केही हुने छैन ।भन्ने भावना व्यक्त गर्नुभएको जनाइएको छ ।