काठमाडौ श्रावण ७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम तय भए पछि पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ । कोषका सदस्य सचिव डा गोविन्द टण्डनलाई उदृत गर्दै प्राप्त समाचारमा भारतीय प्रम मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रम सुरु गरिएको र यस क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्य कोषले लिएको बताएका छन ।