आइतवार, मंसिर १७, २०८०
Dashain

पत्रकारमाथि  भौतिक आक्रमण गर्नेहरुलाई कारबाही गर्न पत्रकार महासङ्घको माग

काठमाडौँ श्रावण ५, नेपाल पत्रकार महासङ्घले महासंघ सिरहा शाखाका सदस्य एवं नयाँ पत्रिका दैनिकका  सम्वाददाता दिलीप सिंहलाई श्रावण ४ गते आइतबार राति केही fng logo 1व्यक्तिहरुले लहान बजारमा आक्रमण गरी घाइते बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार सिंहलाई लहान बजारबाट सामान लिएर गइरहेका आफ्ना भाइ विद्यानन्द सिंहमाथि स्थानीय मुसहर समुदायका केही व्यक्तिहरुले गालीगलौज र कुटपिट गरेपछि भएको झगडा छुट्याउन र सम्झाउन खोज्दा लहान नगरपालिका–१ स्थित सदा टोलमा साँझ ९:३० बजे केही व्यक्तिहरुले खुकुरी प्रहार गरी सिंहलाई घाइते बनाएका महासङ्घका महासचिव उजिर मगरद्वारा द्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा खुकुरी प्रहारबाट टाउको र पिठ्यूँमा गम्भीर चोट लागेका पत्रकार सिंहको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भैरहेको जनाउँदै विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । यस्ता घटनाले पत्रकारको भौतिक सुरक्षा थप चुनौतीपूर्ण हुने महासङ्घको ठहर छ भन्दै घटनामा संलग्नहरुलाई तत्काल कानुनबमोजिम कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।