बुधबार, अशोज १०, २०८०

निगमका क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ, गाविस सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ आषाढ २३, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको हानी नोक्सानी कार्यमा सङ्लग्न भएको भन्दै नेपाल आयल निगमको भलबारी डिपोका क्षेत्रीय प्रबन्धकसहितका अधिकारीलाई हिरासतमा लिएको छ ।

 logoआयोगले आज जारी गरेको विज्ञप्तिकामा उल्लेख गरे अनुसार कर्मचारीको मिलेमतोमा डिपोमा पेट्रोलियम पदार्थ ल्याउँदा हानी नोक्सानी पु¥याएको भन्दै निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दिपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार राउतलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

यसैबीच आयोगले काभ्रेपलान्चोक बनेपा नगरपालिकाका एक सेवाग्राहीसँग सम्पत्ति मूल्याङ्कन गर्दा घुस लिएको आरोपमा पक्राउ परेका गालफेदी गाविसका सचिव तेजराज अर्यालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सचिव अर्यालले राजस्व नतिरीकन कागजात मिलाइदिन्छु भनी सेवाग्राहीबाट रु १५ हजार घुस लिदै गर्दा गर्दा गत आषाढ ११ गते रङ्गेहात पक्राउ गरेको थियो ।