मङ्लबार, मंसिर १२, २०८०
Dashain

नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिने भारतीय पक्राउ

महोत्तरी आषाढ २५, नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले विहार राज्यको मधुवनी जिल्ला Nepali-Citizenshipबस्ने राजाराम ठाकुर आज पक्राउ गरेको छ ।

ठाकुरले महोत्तरीको ४ बस्ने मामा दशरथ ठाकुरलाई बुबा बनाई २०४४ फागुन २५ गते टोलीमा १६१७१७१७ नम्बरको वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्दै पर्सा पतैली– १ बस्ने सुजीतकुमार चौधरीले २०७० मङ्सिर २८ गते जिल्ला प्रशासन कार्यालयमा दिएको जाहेरीका आधारमा निज ठाकुरलाइ पक्राउ गरिएको जनाउँदै नागरिकतासम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।