शनिबार, अशोज ६, २०८०

धामीलाई निलम्बन गर्न मन्त्रालयमा पत्राचार

काठमाडौँ आषाढ १८, यातायात व्यवस्था विभागअन्तर्गत सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुना ललितपुरमा कार्यरत कम्प्युटर Untitled-1अपरेटर दिलिपसिंह धामीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न पत्र लेखेको छ ।

अख्तियारद्दारा आज जारी विज्ञप्तिमा अपरेटर धामीले यातायात व्यवस्था ऐन, २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गर्नुका साथै घुस लिई अनियमितता एवम् भ्रष्टाचारजन्य कार्य गरेको अनुसन्धानको क्रममा देखिन आएकाले निलम्बन गर्न पत्र पठाएको उल्लेख गर्दै धामीलाई बहालमै राखी अनुसन्धान गर्दा आफूबिरुद्धका प्रमाण नष्ट गर्नुका साथै अनुसन्धानसमेतमा बाधा पु¥याउनसक्ने भएकाले निज धामीलाई निलम्बनको लागि पत्र लेखेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु