बुधबार, अशोज १०, २०८०

दुबइमा विश्वकै सवैभन्दा ठूलो सपिङ् सेन्टर बन्दै

एजेन्सी आषाढ २२ , किनमेलको लागि विश्वकै सवैभन्दा सुन्दर सहर मानिने दुबइमा अव विश्वकै सवैभन्दा ठूलो सपिङ्ग सेन्टर बन्ने भएको छ ।  दुबइका शासक सेख मोहममेद बीन रासिद अल माक्टोउमले विश्वमै सवैभन्दा ठूलो सपिङ्ग सेन्टरको योजना गरेको जानकारी दिनुभएको छ । सो सपिङ्ग सेन्टरले आठ लाख स्वायर फिट ९७ लाख ४३ हजार २२४ स्वायर मिटर० बराबरको क्षेत्रफलमा बन्ने जनाइएको छ । सो सपिङ्ग सेन्टर इमिरेटस् महलनजिकै बन्ने जनाइएको छ । दुबईका सञ्चार माध्यमहरूले शनिबार सो सपिङ् सेन्टर योजनाको घोषणा गरेका छन् । तर यसको लागत र भवन पूरा हुने मितीको विषयको भने विस्तृत विवरण दिइएको छैन