आइतवार, जेष्ठ १४, २०८०

टनेल व्यवसायी आन्दोलित,गोलभेंडा सडकमा पोखेर सरकार विरुद्ध नाराबाजी

काठमाडौं आषाढ ३०, काठमाडौं उपत्यकाभित्र व्यवसायिक रुपमा टनेल प्रविधिबाट व्यवसायिक तरकारी खेती गरिरहेका युवा किसानहरुले आफूले उत्पादन गरेको गोलभेंडा लगायतका कृषि उपजको लागत मूल्य समेत नपाएको भन्दै आज विहान कालीमाटी तरकारी तथा फलफूल बजार अगाडि धर्ना दिदै कालीमाटी तरकारी बजार IMG_2735sjh_event_ photography_tarkari bajar_2071अगाडिको मुख्य चोकमा आफूहरुले उत्पादन गरेको गोलभेंडा सडकमा पोखेर सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।  नेपाल टनेल तरकारी व्यवसायी संघर्ष समितिको नामबाट गरिएको सो आन्दोलन कृषि व्यवसायी, किसानहरुको समेत सहभागीता रहेको प्राप्त समाचारमा जनाइएको छ । आन्दोलनमा उत्रिएका किसानहरुले सरकारले गोलभेंडा लगायत तरकारीको मूल्य निर्धारण गर्न माग समेत गरेका थिए ।

साथै भारतमा उत्पादित गोलभेंगा सहज रुपमा नेपाल भित्रिएको प्रति आक्रोश व्यक्त गर्दै नेपालमा उत्पादिन गोलभेंडा भारत निकासी गर्न रोक लगाएकाले त्यसलाई सहज गराउन सरकारसँग माग समेत गरेका छन् ।

IMG_2732sjh_event_ photography_tarkari bajar_2071गोलभेंडा उत्पादनमा सक्रिय रहेका करीव २०० भन्दा बढी टनेल व्यवसायीहरुले आधा घण्टा भन्दा बढी सडक अवरुद्ध पारेको थिए । टनेल व्यवसायी चिरञ्चिवी खड्काका अनुसार सरकारले आफ्नो माग प्रति वेवास्ता गरे सिंहदरबार घेराउ गर्ने समेत बताएका छन् । आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप समेत गरेको छ ।स्थानिय उपजलाई उचित संरक्षण नदिएको विरोधमा कालिमाटी तरकारी बजारमा कृषकहरुद्वारा विरोध स्वरुप फालिएको गोलभेडा उत्पादनमा सक्रिय रहेका करीव २०० भन्दा बढी टनेल व्यवसायीहरुले आधा घण्टा भन्दा बढी सडक अवरुद्ध पारेको थिए । टनेल व्यवसायी चिरञ्चिवी खड्काका अनुसार सरकारले आफ्नो माग प्रति वेवास्ता गरे सिंहदरबार घेराउ गर्ने समेत बताएका छन् । आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु