काठमाडौँ श्रावण २, नेपाली काँग्रेसका कार्यवाहक सभापतिसमेत रहनुभएका तनहुँका सभासद् रामचन्द्र पौडेलको नेतृत्वमा गएको सभासद्हरूको टोलीले आज मादी खोलाको किनारमा रहेको भतेरी भन्ने ठाउँको केही निजी र अधिकांश सार्वजनिक २७१ रोपनी जग्गा अधिकरण गर्न स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन ।
त्यस अवसरमा ज्ञापनपत्र बुझ्दै मन्त्री सिंहले जग्गा अधिकरणका लागि मन्त्रालयको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइने र सोका लागि मन्त्री सिंहले आवश्यक पहल गर्ने बताउँनु भएकोे बुझिएको छ । ज्ञापन बुझाउने टोलीमा काँग्रेसका कार्यवाहक सभापति पौडलसहित शङ्कर भण्डारी, ध्रुव वाग्ले, रामचन्द्र पोखरेल र झुलबहादुर आले, एमाओवादीका आशा खनाल र जनमुक्ति पार्टीका शिवलाल थापा रहनुभएको प्राप्त समाचरमा जनाइएको छ । तस्विर: युपी