सर्लाही श्रावण ७, समाजमा यौन पिपासुहरुको सख्या बढ्दै गरेको पछिल्लो घटना क्रम सर्लाही जिल्लामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मङगलवार साँझ आफ्नै १३ वर्षीया छोरीलाइ जबर्जस्ती गरेको आरोपमा यौन पिपासु वावु उर्फ मुकेशकुमार कर्णलाई पक्राउ गरसङगै प्रस्तुत घटनाको पर्दाफास भएको हो ।
प्राप्त घटना सम्बन्धी जानकारी अनुसार पीडित बालिकाकी आमा मनोरमा देवीले श्रीमानले आफुलाई कुटपिट गर्दै बाहिर निकाल्दै छोरीलाई कोठाभित्रै जर्बजस्ती गरेका जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन ।
जाहेरीमा मनोरमा देवीले साँझ नजिकै ट्यूसन पढन गइकी जेठी छोरीलाई श्रीमान्ले घरमा ल्याएर सिधै कोठाभित्र थुनेर जर्बजस्ती करणी गर्दै कर्णले छोरीलाई बलात्कार गरेपछि कसैलाई नभन्न धम्की दिएपनि निज यौन पिपासुका छोरा अवनिसले राति ९ बजे स्थानीय प्रहरी चौकीमा खवर गरेपछि प्रहरीले पीडक बाबु कर्णलाई पक्राउ गरेको बुझिएको छ ।