बुधबार, अशोज १७, २०८०

चक्रे मिलन उर्फ मिलन गुरुङ जेथा जमानीमा रिहा

काठमाडौँ आषाढ ३०, विशेष अदालतमा लागुऔषध कारोबार एवम् अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका चक्रे मिलन उर्फ मिलन गुरुङ आज chakreधरौटीमा रिहा भएका छन् ।सम्पति शुद्धिकरण मुद्दामा विशेष अदालत काठमाडौंको आदेशमा एक करोड धरौटी रकम बुझाइ जेथा जमानीमा रिहा भएका छन् ।

केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहेका अभियुक्त चक्रेसँग रु सात करोड आठ लाख १५ हजार बराबरको सम्पति अवैध रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ मा उक्त अदालतमा अर्को मुद्दा दायर गरेको थियो ।

तनहुँ जिल्ला व्यास नगरपालिकास्थित आफन्तको घरसहित १४ रोपनी जग्गा धरौटी राखेकाले तारेखमा रही मुद्दाको किनारा लगाउन अदालतले आदेश दिएको रजिष्ट्रार नातीबाबु लामिछानेले जानकारी दिनुभयो । यसअघि उक्त अदालतले अभियुक्त चक्रेलाई रु एक करोड बराबरको जमानत पेस गर्न दिएको आदेश पूरा गर्न नसकेकाले निजलाई थुनामा पठाइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु