मङ्लबार, जेष्ठ २३, २०८०

घुस लिंदालिंदै रङगेहात आयोजना प्रमुखसहित ५ पक्राउ

akthar3काठमाडौँ श्रावण १५, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरबाट घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा  सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिंदै गर्दा विशेष भौतिक पूर्वाधार विकास आयोजना प्रमुख उमलानन्द अधिकारी, ईन्जिनियर दीपा श्रेष्ठ पक्राउ परेका हुन् ।

त्यस्तै सहरी भवन बिभाग अन्तर्गतको काठमाडौं शाखाका उपसचिव सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनकुमार कठायतसमेत पक्राउ परेको जनाउँदै निजहरुलाई अनुसन्धानको लागि अख्तियारको हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।