शनिबार, अशोज ६, २०८०

घरायसी विवादको नाममा दम्पतीले घरमा आगो लगाई  घरभित्र नै झुन्डिएर गरे आत्महत्या

प्युठान आषाढ १८, घरायसी विवाद हुँदा आज सारी गाविस–३ एक दम्पतीले आफनो घरमा आगो लगाई आफूले पनि आत्महत्या गरेका छन् । चवन्न वर्षीय शिवराम राउत र ५० वर्षीया छुमा राउतले आपसी विवादमा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी piuthanकार्यालय प्युठानले जनाएको छ ।

श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीय सुरज विकले जानकारी दिनुभयो । घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताउनुभयो । राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । घरमा बुहारी मिनी र उहाँको छोरासहित दम्पती परिवार रहने भए पनि बुहारी माइत गएको समयमा घटना भएको स्थानीय कमला सुवेदीले बताउनुभयो । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु