मङ्लबार, जेष्ठ २३, २०८०

गुरु पूर्णिमाको अवसरमा ज्ञानोदयका गुरुहरु सम्मानित

काठमाडौं अषाढ २९, गुरु पूर्णिमाको अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपालले एक विशेष कार्यक्रमका वीच गुरु पूजा तथा अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ । ज्ञानोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष साधुराम गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पूर्व हेडमास्टरहरु क्रमससानुकाजी केसी, रेवरत्न  guruबज्राचार्य, धनञ्जय शर्मा अधिकारी तथा निमित्त हेडमास्टर कुन्देवप्रसाद यादव र त्यस्तै गरि पूर्व शिक्षकहरु क्रमस ज्वाला नेपाली, गुलशन प्रधान, ईश्वरी भट्टराई, रोहिणी मल्ललाई समूहिक सम्मान सहित पूजन गरिएको थियो ।

गुरु पूजाको अवसरमा समाजले विद्यालयको इतिहासमानै पहिलो पटक पूर्व तथा वर्तमान शिक्षकहरुको अलावा विद्यालय संङग सम्बन्धित व्यक्तिहरुलाई समेत एकैसाथ जमघट गराइ सम्मान गर्ने पराम्पराको शुरुवात गरेकोमा  विद्यालयका निमित्त प्र.अ. नातिकाजी महर्जनले समाजको क्रियाशीलतको प्रशसा गर्नु भएको थियो ।

त्यस्तै गरी पूर्व प्र.अ. श्री धनञ्जय शर्मा अधिकारीले पूर्व विद्यार्थीहरुबाट विगतमा विद्यालयले धेरै सहयोग पाइसकेको स्मरण गराउनुको साथैै विद्यालयले पूर्व विद्यार्थीहरुबाट भविष्यमा अझै बढि आशा राख्न सक्ने विश्वास समेत व्यक्त प्रस्तुत कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री तारा भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायणप्रसाद पौड्ल, समाजका अध्यक्ष साधुराम गौतम लगायतले गुरु पूर्णिमाको अवसर पारी पूर्व विद्यार्थी समाजले आयोजना गरेको कार्यक्रममा ३०/३२ वर्ष अघि एसएलसी  पास गर्नुभएको विद्यार्थीहरुदेखि हालै उत्तीर्ण भएका विद्यार्थीसम्म र विद्यालयको स्थापनाकालदेखि हालसम्मको प्र.अ.  शिक्षकहरुलाई एकै थलोमा उपस्थित गराउन सक्नुको साथै नयाँ परम्पराको थालनी गर्न सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि विशेष अवसरहरुमा यस्तै कार्यक्रमहरुको आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको समाजद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु