शुक्रबार, मंसिर १५, २०८०
Dashain

कालबजारीका लागि लुकाई राखिएको २२ हजार ८७० बोरा चिनी बरामद

भक्तपुर श्रावण २, मध्यपुरथिमि नगरपालिका–१४ स्थित स्पाइन्डिङ इन्डस्ट्रिज धागो उद्योगभित्र २२ हजार ८७० बोरा चिनी लुकाई राखिएको अवस्थामा भेटिएको छ । कालाबजारी गर्ने उद्देश्यले चिनी लुकाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत उमेश दाहालको नेतृत्वमा गएको टोलीले ती चिनी अवैध bhansarभएको आशङ्कामा आज सिलबन्दी गरेको हो ।

धागो कारखानाभित्र ११ लाख ४३ हजार ५०० किलो चिनी त्रिपालले छोपेर लुकाई राखिएको अवस्थामा भेटिएपछि अवैध भएको आशङ्कामा सिलबन्दी गरेको उहाँले बताउनुभयो । उक्त चिनी महोत्तरीको शशिकान्त अग्रवालको भएको बुझिएको बताउँदै उहाँले चिनी अवैध नभएको प्रमाणसहित प्रशासनमा हाजिर हुन आग्रह गरेको छौँ भन्नुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु