काठमाडौं श्रावण ७, जिल्ला विकास समिति काठमाडौंले आर्थिक वर्ष २०७०/७१ मा सामाजिक संस्था दर्ता एवम् नविकरण सिफारिसमा रु ३६ लाख ८१ हजार एकसय ३० रुपैया राजस्व सङ्कलन गरेको छ । सम्बद्ध स्रोतका २०७०/७१ जिविसको उक्त शाखाबाट कुुल ३ हजार आठसय ३० वटा विभिन्न गैर सरकारी संस्थाको नविकरण तथा एकहजार ६५ वटा नयाँ संस्था दर्ताको सिफारिस भएको बुझिएको छ ।