शुक्रबार, अशोज ५, २०८०

काँग्रेसको नेतृत्वमा रहेको सरकार कहिले पनि प्रेस विरोधी हुन सक्दैन:  उप-प्रधानमन्त्री सिंह

काठमाडौंआषाढ २४, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा आज राजधानीमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पहिले संविधान सभाबाट भएका महत्वपूर्ण उपलब्धीलाइ अक्षरस ग्रहण गदै आगामी माघ आठ गते संविधानसभाबाट संविधान जारी गर्नु नै वर्तमान सरकारको प्रमुख काम भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले संविधान निमार्ण तालिका अनुरुप कार्य सम्पादन भइरहेको बताउदै अहिल काँग्रेसको नेतृत्वमा रहेको सरकार कहिले पनि प्रेस विरोधी हुन नसक्ने भन्दै काँग्रेस सदैव स्वतन्त्र प्रेस प्रति प्रतिवद्ध रहेकाले अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी कुनै ऐन तथा विधेयकको कार्यान्वयमा जान्छ भनेर नशोच्न आम सञ्चारकर्मीहरुलाइ आग्रह गर्नु भएको छ ।

त्यस्तै सम्बोधनकै क्रममा उपप्रधानमन्त्री सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सभासदहरुले माग गरेको रु पाँच करोडका सम्बन्धमा नेपाली काँग्रेसले गहन अध्येयन गरिरहेको बताउँनु भएको छ ।

सम्मान कार्यक्रम उपप्रम सिहंले युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू क्रमस हरि अधिकारी, रमेश तूफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह र किरण पोख्रेल, त्यस्तै गरी काठमाडौं जिल्लाका पूर्व अध्यक्षहरू क्रमस गोकर्ण अर्याल, सुरेन्द्र पाण्डे, नारायण अर्याल र लीलाराज खनाललाई सम्मान गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङघका सल्लाहकार पोषण केसी, युनियनका वाग्मती संयोजक होम लम्साल पत्रकार महासङघका पूर्व सभापति धमेन्द्र झा , प्रेस युनियनका कार्यवाहक सभापति बद्री सिग्देल,  वरिष्ठ पत्रकारद्धय हरिहर विरही कवीर राणा , युनियनका काठमाडौँ शाखाका पूर्व अध्यक्ष गोकर्ण अर्याल लगायतका वक्ताहरुले नेपाल प्रेस युनियन, स्वतन्त्र प्रेस लोकतान्��्रिक आन्दोलनमा प्रेस जगते पुयाएको योगदानका सम्बन्धमा चर्चा गनु भएको थियो । युनियनका काठमाडौँ शाखाका सभापति नकुल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।  तस्विर :युपी लामिछने