बुधबार, अशोज १७, २०८०

एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालय तानियो

काठमाडौँ आषाढ २९, प्रहरी प्रधान कार्यालयले केही उच्च पदस्थ प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको क्रममा एआईजी बढुवाका लागि आर्थिक चलखेल भएको  अभिब्यक्ति दिएकै कारण  विवादमा तानिएका काठमाडौ प्रहरी प्रमुख रहेका एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा तानेको छ ।

खरेलको सरुवापछी केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका उत्तम कार्कीलाई पठाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस अघि प्रहरी प्रधान कार्यालयमा काजमा रहेका खरेल विदामा थिए ।
यसैविच प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालयमा डिआइजी विज्ञानराज शर्मालाई स्थानान्त्रण गरको छ । मेट्रोका डिआइजी विश्वराज सिंह शाहीलाई आइजीपी सचिवालयमा तानिएको प्रहरी प्रवक्ता गणेश केसीका जानकारी दिए । केही महिना देखी एसएसपीबाट काम चलाईरहेको सिआइवी प्रमुखमा डिआइजी हेमन्त मल्ललाई पठाईएको छ ।

यस्तै एसएसपी पुस्कर कार्की महानगरीय अपराध महाशाखा प्रमुख बनाईएको छ । महाशाखाका प्रमुख विजयलाल कायस्थको २ दिन अगाडि विमानस्थलमा सरुवा भएपछि प्रमुख विहीन भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु