काठमाडौं आषाढ १९, नेकपा एमाललेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटनसत्रमा प्रमुख दलका शीर्ष नेताहरू सहित सात देशका २१ प्रतिनिधि सहभागी भएका छन्। पार्टी अध्यक्ष झलनाथ खनालले रोबर्टमा जडान गरिएको पानसमा दीप प्रज्जवलन
गरेर महाधिवेशनको उद्घाटन गर्दै गर्दा यता महाधिवेश स्थल प्रवेशद्धार अर्थाथ भृकुटी मण्डपको मूल गेटमा प्रवेश नपाएको भन्दै एमाले कार्यकर्ताहरुले स्वातगतद्वार तोडफोड र आगजनी गरेका थिए ।
उनीहरुले उद्घाटन सत्रमा आफूहरुलाई प्रवेश नदिएको भन्दै गृहमन्त्री एवं उपाध्यक्ष वामदेव गौतम र महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलविरुद्ध चर्कोनाराबाजी गर्दै एमालेको ब्यानर जलाइने कामसमेत गरेपछि व्यापक रुपमा पुलिस फोर्स परिचालन गर्दै भिड नियन्त्रण गर्ने असफल प्रयास गरेका थिए । त्यस पछि भिडले सभागृहमा चार वटा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेर्ने मिलाइएको तार समेत चुडाइ दिएका छन।
एमाललेको महाधिवेशनको उद्घाटनसत्र दुई हजार तीन सय २५ प्रतिनिधि सहभागी भएका छन ।