शुक्रबार, मंसिर १५, २०८०
Dashain

आज श्रावण महिनाको पहिलो सोमबार शिव मन्दिरमा महिलाहरुको घुईचो, आजबाट बोलबम मेला  शुरु 

काठमाडौं श्रावण ५,  आज  श्रावण महिनाको पहिलो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको पूजा saunnktnews20120730_01आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ । आजको दिन नेपाली हिन्दू महिलाहरुले श्रावणे सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ ।

काठमाडौको पुशपतिनाथ, पर्वतको गुप्तेश्वरलगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ ।   आजबाट शुरु भएको बोलबम मेलाको अबसरमा शिवलिङ्गमा जल चढाउन देशका विभिन्न स्थान र भारतबाट भक्तजनहरु पुगेका छन् । प्रत्येक साउने सोमवारका दिन  जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका रहिआएको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु