काठमाडौँ आषाढ २९ , सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेट आज व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री डा रामशरण महतले सरकारको वार्षिक आयव्ययसहितको बजेट व्यवस्थापिका–संसदको आजको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवलयले जनाएको छ । आजको बजेटमा अर्थमन्त्री डा रामशरण महतले करिब रु छ खर्ब १८ अर्बको बजेट प्रस्तुत गर्न बुझिएको छ ।