शुक्रबार, अशोज ५, २०८०

अधिकारी हत्याका आरोपीहरु थुनछेक बहसपछि धरौटीमा रिहा

काठमाडौं श्रावण १५ ,गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ वारेन्ट जारी गरिएका १३ मध्ये तीन जना चितवन जिल्ला अदालतमा हाजिर भएका छन ।

वारेन्ट जारी गरेको ७०औं दिनमा हाजिर भएका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीहरु क्रमस हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी र मेघनाथ पौडेल रहेका छन । प्राप्त समाचरमा उल्ल्ेख भए अनुसार यसरी हाजिर भएका आरोपीहरुलाई थुनछेक बहसपछि जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले धरौटिमा छाड्ने आदेश दिए लगत्तै निजहरुले जनही रु २०/२० हजार  धरौटी बुझाएर रिहा भएको उल्लेख गरिएको छ।