बिहिबार, चैत्र १५, २०८०

रामकृष्ण ढकालको ऋण काण्ड: केहि रकम उठ्यो, अँझै एक करोड रुपयाँ लिन बाँकी :प्रबन्ध सञ्चालक भण्डारी

काठमाडौं आषाढ ६,    केहि दिन अघि एक सहकारी संस्थाले गायक रामकृष्ण ढकाललाई ऋण चुक्ता गर्न आउनेबारेको एक सार्वजनिक सूचना प्रकाशित Ramkrishna-dhakalगर्यो ।  गायक ढकालले सहकारी संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि संस्थाले चेतावनी स्वरुप १५ दिने सूचना प्रकाशित गरेपछि उक्त घटना सर्वाधिक चर्चाको बिषय बन्यो ।

ललितपुरमा रहेको लालिगुराँस बहुउदेश्यीय सहकारी संस्थाले यस्तो सूचना प्रकाशित गरी ऋण तिर्नका लागि ताकेता गरेपछि गायक ढकालले आफ्नो बेईज्जत गर्न यसो गरिएको प्रतिक्रिया दिएका थिए । तर गायक ढकाललाई ऋण प्रदान गरेको लालिगुराँस बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध सञ्चालक सुरेन्द्र भण्डारीले भने ढकाललाई पटक पटक ताकेता गर्दा पनि ऋण नतिरेका कारण यसरी सूचना प्रकाशित गर्नु परेको जनाएका छन् ।
प्रबन्ध सञ्चालक भण्डारीले गायक ढकालले साढे चार बर्ष अगाडी लिएको ऋण मिनाह नगरेका कारण यस्तो सूचना जारी गर्नु परेको बताए ।
‘उहाँ राम्रो प्रतिभा र मेरो साथी नै भएका कारण मैले आफ्नो संस्थाबाट निर्णय गराएर ऋण उपलब्ध गराएँ, तर उहाँले ऋण नतिर्ने नियतले धेरै सोर्सफोर्सको प्रयोग गर्नु भयो । प्रबन्ध सञ्चालक भण्डारीले भने, ‘ढकालजीले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईसम्मलाई पनि फोन गर्न लगाउनु भयो ऋण मिनाहाका लागि । तर संस्थाको नियमले ऋण मिनाहा हुनै सक्दैन ।’
गायक ढकालले भैँसेपाटीमा घर किन्नका लागि साढे चार बर्ष पहिले १ करोड ८० लाख रुपयाँ सहकारीबाट लगेको र उक्त रकम फिर्ता नगरेको लालिगुराँस बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध सञ्चालक भण्डारीले बताए । ‘त्यो रकम चार महिनाका लागि दिएका हौँ, त्यसपछि यत्रो बर्ष भैसक्यो उहाँले व्याज पनि तिर्नु भएन । सहकारीको नियम अनुसार सावाँ भन्दा व्याजनै बढि भैसक्यो । गत बर्ष उहाँको घर लिलामी बापत केहि रकम उठ्यो । अँझै एक करोड रुपयाँ लिन बाँकी छ ।’ भण्डारीले भने ।