शनिबार, बैशाख ८, २०८१

फोटो पत्रकार क्लबद्वारा यसवर्ष पनि फोटो प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गर्ने

काठमाडौं आषाढ ५, फोटो पत्रकार क्लबले यस वर्ष  पनि  सात विधामा फोटो प्रतियोगिता तथा प्रदर्शनीको आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार क्लवद्धरा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार   ग्लोबल आईएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७१ माpj club  दैनिक जीवन, प्रकृति र वन्यजन्तु, पर्यटन र संस्कृति, समाचार फोटो,  खेलकुद, नेपाल स्माइल र फोटो कथा विधामा फोटोहरूको प्रतिस्पर्धा गराइने भएको छ ।

प्रस्तुत विधा मध्य समाचार फोटो विधामा भने २०७० सालभित्र खिचिएका तस्बिरले मात्र सहभागिता गराइने जनाकारी दिइएको प्रस्तुत प्रतियोगिताको निर्णायक मण्डलको अध्यक्षमा बेलायती फोटो पत्रकार जर्ज जर्जियो तथा सदस्यहरूमा वरिष्ठ फोटोग्राफर मणि लामा, पत्रकार जिवेन्द्र सिम्खडा, आर्ट क्युरेट्स संगीता थापा र क्लबका अध्यक्ष प्रकाश माथेमाले गर्ने बताइएको छ।

साथै प्रतिस्पर्धामा सहभागी हुने फोटोग्राफरले आफ्नो फोटो आगामी असार २३ गतेभित्र पठाइसक्नुपर्ने जनउदै कल्वले प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशस् ३०, २० र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।  नेपाली नागरिकले नेपालभित्र खिचेका तस्बिरमात्र सहभागी हुने प्रतियोगिताका उत्कृष्ट एक सय ५० फोटोलाई राजधानीमा एक साता र विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।