शुक्रबार, बैशाख १४, २०८१

१८ औं सार्क सम्मेलनका लागि सभागृह छनौट,रु ८ करोडको लागतमा मर्मत सम्भारको कार्य सुरु

काठमाडौं आषाढ १५, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को १८ औं शिखर सम्मेलन राष्ट्रिय सभागृहमा हुने निश्चित भएको छ । परराष्ट्र city hallर सहरी विकास मन्त्रालयको टोलीले विभिन्न चरणमा अध्ययन अनुसन्धान गरेपछि सम्मलेन स्थलका रूपमा काठमाडौं महानगरपालिका मातहतमा रहेको सभागृहलाइ छनौट गरिएको हो ।

यसको लागि सभागृहम आगामी श्रावण १५ गते यता देखि कुनै अन्य कार्यक्रमको आयोजना हुन नदिन पनि परराष्ट्र मन्त्रालयले महानगरपालिकालाई निर्देशन दिनुको अलावा अहिले सहरी विकास मन्त्रालयको तजविजमा सभागृहको पूर्णत मर्मत सम्भारको कार्य सुरु गरिएको बुझिएको छ । पूर्णरूपमा जीर्ण भइसकेको सभागृहको मर्मत सम्भारका लागि करिब ८ करोड रुपैयाँ लाग्ने अनुमान अधिकारीहरुले गरेको थाहा भएको छ ।