शुक्रबार, बैशाख १४, २०८१

१३ वर्षपछि तलेजु भवानी देवगृहमा स्थानान्तरण

भक्तपुर अषाढ १, यहाँको तलेजु भवानीलाई १३ वर्षपछि देवगृहमा विराजमान गराइएको छ । विसं. २०५७ वैशाख ३१ गते तलेजु भवानीको मन्दिरसहित आगमघरको जीर्णोद्धारका लागि तलेजु भवानीलाई मूलचोकको पूर्वमा स्थानान्तरण गरिएको थियो ।

bkt talejuजीर्णोद्धारपछि शनिबार बिहान ९ बजेर ११ मिनेटको शुभसाइतमा बलिसहित तान्त्रिक विधिअनुसार बाजागाजाका साथ तलेजु भवानीलाई देवगृहस्थित यथास्थानमा विराजमान गराइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । पुरातत्व विभाग दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाले संयुक्त रूपमा सुरु गरेको तलेजु मन्दिरको मूलचोकको दक्षिण र पश्चिम भागको जीर्णोद्धार कार्य सकिएको र उत्तर भागको जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेको छ । रासस