शुक्रबार, बैशाख ७, २०८१

स्वयम्भूबाट लागुऔषधसहित पुजना पक्राउ

arreastकाठमाडौँ ज्येष्ठ १८,प्रहरीले काभ्रे जिल्ला तिमाल स्थायी घर भई हाल ढल्कु बस्ने २३ वर्षीया पुजना श्रेष्ठलाई लागुऔषधसहित आज स्वयम्भूबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका अनुसार टोलीले लागुऔषध श्रेष्ठबाट नुर्फिन ३७ थान, डाइजोपाम ३७ थान, फेनारगन ३७, प्रयोग गरेको सिरिन्ज ३ वटा, प्रयोग नगरेको सिरिन्ज १४ वटा बरामद गरेको जानकारी दिएको छ ।