शुक्रबार, चैत्र १६, २०८०

स्थानीय सेवा ऐन जारीको माग गर्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै

काठमाडौं ज्येष्ठ २७, स्थानीय विकास मन्त्रालयले स्थानीय स्वायत्त शासन ऐन २०५५ को मर्म र भावना विपरित स्थानीय निकायको स्वायत्ता मागि हस्तक्षेप गरेको भन्दै स्थानीय निकाय कर्मचारी सयुक्त आन्दोलन केन्द्रीय समन्वय समितिले आपत्ती  जनाएका छन ।

त्स्तै स्थानीय स्वायत्ता शासन ऐन २०५५को बर्खिलाप मन्त्रालयले जिविस, नगरपालिका र प्रशासा क्षेत्रमा समेत लेखाका कर्मचारी पठाउँने त्यस्तै अनुदान सहयोग एवम् दातृनिकायको हवाला दिदै गैर कानुनी रुपमा आफु अनुकुलका कर्मचारी र सल्लाहकारको नियुक्ति गर्ने प्रवृतिको विरोध तथा स्थानीय सेवा ऐन जारीको माग गर्दै स्थानीय विकास मन्त्री र सचिवलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको माग पुरा गर्नै पक्षमा समेत कुनै चासो  नदेखाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै  यसअघि भएका सहमति र सम्झौता पनि पुरा गर्ने तर्फ कुनै पहल नभएकोमा सयुक्त आन्दोलन केन्द्रीय समन्वय समितिले आन्दोलनको घोषणा गर्ने तयार गरेका छन ।

उनिहरुले स्थानीय सेवा ऐनको जारी एवम् तथा मन्त्रालयको हस्तक्षेपकारी भूमिका विरुद्ध आन्दोलका कार्यक्रम सार्वजनिक गर्न लागेको प्रस विज्ञप्तिमार्फत जनाएका छन ।