शुक्रबार, चैत्र १६, २०८०

सुम्निमाको चर्चित सुम्निमा

काठमाडौं ज्येष्ठ २०,  तिमिलाई आफनो बनाउने चाह साट्न सक्दिन म  तिमि विना जिन्दगीमा केहि आटन सक्दिन म,
तिमिलाई आफ्नो नबनाइकन मरे भने पनि  स्वर्गमा पनि तिमि बाहेक बाँच्न सक्दिन म

गीतिसंग्रह ‘सुम्निमा’ को एक टुक्का हो यो । यतिखेर बजारमा चर्चित यो गीतका शब्दकार हुन् सुम्निमा राई । खोटाङ चिप्रिङ स्थायी घर भइ हाल काठमाडौं काँडाघारी बस्ने राई अहिले नर्सिङ पेशामा भएपनि अरुको गीत सुन्दा म पनि गीतकार हुन्छु भन्ने अठोट र गीत संगीतमा सानैदेखिको चासोले अहिले गीतकारकोरुपमा स्थापित छिन् । उनी हाल टेकु जनस्वास्थ्यमा कार्यरत छिन् । तर, उनी नर्स भन्दा बढी गीतकारको रुपमा परिचित छिन् ।

सयौं गीतहरु रचना गरेर अब धमाधम रेकर्डिङमा जुटेकी राईमा प्राय गीत मायाप्रेममा आधारित छन् । त्यसो त एक दर्जन भन्दा बढी राष्ट्रिय गीत पनि कोरेकी छिन् उनले । ‘गीत लेखन सिर्जना हो आफ्ना गीत तयार हुदाँ र दोहोराएर पढ्दा रमाइलो लाग्छ’ उनले भनिन् । उनकै रचना पछिल्लो समय ‘तिमिलाई आफनो बनाउने चाह साट्न सक्दिन म’ बोलको चर्चित गीत म्यूजिक प्लसबाट बजारमा आएको ‘सुम्निमा’ एल्बमको यो गीतमा दिपक शर्माको संगीत र गायक कृष्ण काफ्लेको आवाज रहेको छ।   ।