बुधबार, बैशाख १२, २०८१

सरकारले सहमति तोड्दै अगाडि बढेका कारण संसद् अवरोध गर्नुपरेको प्रवक्ता शर्माको अभिव्यक्ति

काठमाडौँ ज्येष्ठ २४ , एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान images (21)सरकारले एकलौटी रूपमा राज्य कोष दुरूपयोग गरेको आरोप लगाउदै सत्ता साझेदार दललाई समेत विश्वासमा नलिई एकलौटी रूपमा राज्यकोषको दुरूपयोग गर्नु सर्वथा गलत भएको बताउनुभएको छ ।

अन्तरिम संविधान, २०६३ अनुसार राज्यका हरेक काम कारबाही सहमतिको आधारमा अगाडि बढ्ने भए पनि सरकार आफूखुसी रूपमा अगाडि बढेको र विस्तृत शान्ति सम्झौता, विगतमा भएका सहमतिहरूको विरुद्ध गएका कारण आफूहरूले बाध्य भएर व्यवस्थापिका–संसद् अवरोध गर्नुपरेको जिकिर गर्दै प्रमुख राजनीतिक दलहरूबीच संविधानसभाको दोस्रो निर्वाचनलगत्तै भएको चार बुँदे सहमतिअनुसार सरकार अगाडि जान नचाहेकोले प्रतिपक्षको धर्मअनुसार कडा प्रतिवादमा उत्रनु आफूहरू बाध्य भएको बताउनुभएको छ ।