मङ्लबार, बैशाख ११, २०८१

संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल प्रतिवेदनमाथि छलफल

काठमाडौँ ज्येष्ठ २७ संविधानसभाको आजको बैठकमा पनि संविधान अभिलेख तथा निक्र्योल समितिको प्रतिवेदनमाथिको छलफललाई निरन्तरता दिइएको छ । यही जेठ १५ गतेदेखि प्रारम्भ भएको तत्कालीन राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका caसहमति तथा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन र सोसँग सम्बन्धित पूरक प्रतिवेदनमाथिको छलफलमा सभासद्ले आ¬आफ्नो धारणा व्यक्त गर्दै आउनुभएको छ । संविधानसभाको आजको बैठकमा सभासद्को न्यून उपस्थिति रहे पनि बोल्न चाहने सभासद्लाई सभामुख सुवासचन्द्र नेम्बाङले समय तोकिदिनुभएको छ ।

आजको छलफलमा नेकपा ९एमाले०का माधवकुमार नेपालले पहिचानका पाँच र सामथ्र्यका चार महत्वपूर्ण आधार मान्दै मुलुकलाई सात प्रदेशमा विभाजन गर्नुपर्ने बताउँदै यसले मात्र सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँध्न सक्ने बताउनुभयो । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राज्यको पुनःसंरचना, प्राकृतिक स्रोत साधनको बाँडफाँट र गरिबीलाई केन्द्रविन्दुमा राखेर विकेन्द्रीकरणको अवधारणका आधारमा सङ्घीयताको निर्माण गर्नुपर्ने बताउनुभयो ।

सभासद् विमलकुमार केडियाले कृषि र पर्यटनलाई केन्द्रविन्दुमा राखेर राज्यको पुनःसंरचना हुनुपर्ने बताउनुभयो । सभासद् सुरेन्द्रप्रसाद चौधरीले वंश, क्षेत्र, जात नश्ल र सम्प्रदायका आधारमा सङ्घीयता बनाइन नहुने बताउनुभयो ।

सभासद् सीतादेवी यादवले मधेस आन्दोलनको भावनाअनुरुप पहिचान र सामथ्र्यताका आधारमा सङ्घीयताको निर्माण गर्नुपर्छ भन्नुभयो । सभासद् राधादेवी तिमल्सिनाले सङ्घीयतामा जानुपूर्व स्थानीय स्रोतसाधनका बारेमा अध्ययन आवश्यक भएको बताउँदै धर्म, संस्कृति र भूगोलका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्छ भन्नुभयो ।

सभासद् इन्द्रबहादुर बानियाँले राज्य पुनःसंरचना गर्दा हिमाल, पहाड र तराई गरी कमभन्दा कम प्रदेश निर्माण गर्नुपर्ने सुझाव दिँदै दलित, जनजाति, मधेसी सबैले अपनत्व हुनेखालको प्रदेश निर्माण गर्नुपर्छ भन्नुभयो । सभासद् इच्छाराम तमाङले देशको आर्थिक, समाजिक क्षमतालाई विश्लेषण गरी थोरै राज्यको निर्माण सङ्घीयतामा गर्न आवश्यक भएको र राज्यको पुनःसंरचना गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

सभासद् गगनकुमार थापाले राज्यको चरित्र र स्वरुप परिवर्तनका लागि राज्यको पुनःसंरचना आवश्यक भएको हुँदा अल्पसङ्ख्यक, दलित, जनजाति, मधेसीको भावना अनि हिमाल, पहाड, तराई सबै भूगोललाई ध्यानमा दिन सुझाव प्रस्तुत गर्नुभयो । उहाँले पहिचान र सामथ्र्यका आधारमा सङ्घीयता बनाउनुपर्छ भन्नुभयो । rss