बिहिबार, बैशाख १३, २०८१

संविधानसभाको बैठकमा संसदीय स्वरुपका विषयमा छलफल हुँदै

काठमाडौं आषाढ १०,संविधानसभाको बैठकमा शासकीय स्वरुपका विषयमा छलफल सकिएपछि संसदको स्वरुपका विषयमा छलफल सुरु भएको छ  bicc। सोमवारबाट सुरु भएको यो छलफमा  सोमवार सभासदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रुपमा प्रतिनिधिसभा रहनुपर्ने, त्यसलाई ठूलो आधारको बनाउन नहुने, केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्नेमा सभासदहरु धारणा व्यक्त गर्नु भएको थियो भने आज पनि बाँकी सभासदहरुले भनाई राख्ने बुझिएको छ । संविधानसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।