मङ्लबार, बैशाख ११, २०८१

संविधानसभाको आजको बैठकमा दुई महत्वपूर्ण प्रतिवेदन अनुमोदित

काठमाडौँ आषाढ १३, संविधानसभाको आजको बैठकले दुई वटा छुट्टाछुट्टै प्रतिवेदन बहुमतले पारित गरेको छ । तत्कालीन सांस्कृतिक र  biccसामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरूको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ र तत्कालीन अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हक र अधिकार संरक्षण समितिको मस्यौदामा भएका सहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन बैठकले अनुमोदन गरेको छ ।

अनुमोदित यी दुवै प्रतिवेदनलाई प्रारम्भिक मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाइएको छ । यसैवीच आजको बैठकमा तत्कालीन संवैधानिक निकायको संरचना निर्धारण समितिको मस्यौदामा भएका सहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ एवम् तत्कालीन संवैधानिक समितिको मस्यौदामा भएका सहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ छलफलका लागि पेस गरिएको समितिका सभापति विष्णु पौडेलले जानकारी दिनु भएको छ ।