शुक्रबार, बैशाख ७, २०८१

व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध

लोकतन्त्र भनेको जे मन लाग्यो त्यही गर्ने लुटतन्त्र होइन : कमल थापा

काठमाडौँ ज्येष्ठ १८, व्यवस्थापिका–संसदको आजको बैठकमा अधिकांश सदस्यहरूले उठेर विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख विपक्षीलगायत दललाई बोल्न समय दिनुभयो ।  बैठकमा एमाओवादीका सभासद् जनार्दन शर्माले संसद् बैठक प्रारम्भ भएलगत्तै सरकारले गरेका काम caकारबाहीका सम्बन्धमा आफ्ना दलका नेताले राखेका विषयलाई सम्बोधन नगरेसम्म बैठक सुचारु हुने स्थिति नरहेको बताउँदै यस अघि सत्ता पक्ष संग भएको चारबुँदे सहमतिको कार्यान्वयनको माग गर्दै स्थानीय विकास मन्त्रालयमा निवेदन लिएर तोक आदेशको भरमा करोडाँै बजेट बिना योजना वितरण गरिएकाले त्यसलाई तुरुन्त रोक्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले उठाएको मागको सम्बोधन हुनुपर्नेमा जोड दिँदै लोकतन्त्र भनेको जे मन लाग्यो त्यही गर्ने लुटतन्त्र होइन भन्दै बजेट रकमान्तर गर्ने प्रवृत्तिले प्रशासन क्षेत्रमा कोलाहल र आर्थिक अपराध बढेको टिप्पणी गर्नु भएको थियो ।

त्यस्तै मधेसी जनाअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो चरणमा चारबँुदे सहमति भएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएपनि कार्यान्वयन नभएकोमा आपत्ती प्रकट गर्दै गर्दा अर्थमन्त्री डा. रामशरण महतले उठेर बोल्न खोज्दा सभामुखले विपक्षी दलका सांसदहरूले उठेर विरोध गरिरहेको अवस्थामा मन्त्रीलाई बोल्न दिन नसकिने जानकारी दिँदै आजको बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । व्यवस्थापिका–संसदको अर्को बैठक यही ज्येष्ठ २० गते मङ्गलबार दिउँसो ३ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031